यू-१९ विश्वकप छनोटः नेपाल र सिंगापुरबीचको खेल आज
थानकोट ।
आईसीसी यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ ।
नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार अहिले बिहान पौने ११ बजे युएईको अमजानमा सुरु हुनेछ ।
सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाल पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा छ । राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालको कप्तानीमा नेपाल मैदान उत्रनेछ । यसअघि गुलशन झालाई कप्तान नियुक्त गरेपनि लिग टुका लागि गुलशनलाई सिनियर टोलीमै समावेश गरिएपछि देव यू-१९ को नयाँ कप्तान चयन भएका हुन् ।
जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टोली ८ वर्षपछि यू–१९ विश्वकपमा पुग्नेमा लक्ष्यमा छ ।
छनोटमा नेपाल र आयोजक युएईसहित सिंगापुर, कुबेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविन लिगको खेलपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।
आज नै युएई र मलेसिया तथा हङकङ र कुवेतबीच पनि खेल हुनेछ ।













