नागढुङ्गा नाकाबाट ११ केजी चाँदीका गहनासहित एक जना पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका- ०२ नागढुङ्गा नाकाबाट ११ केजी ६८ ग्राम चाँदीका गहनासहित एक जना पक्राउ परेका छन् । रुपन्देही तिलोत्तमाका ४४ वर्षीय रामचन्द्र थारुलाई चाँदीका गहनासहित नागढुङ्गा नाकाबाट प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देहीदेखी काठमाडौं आउदैँ गरेको लु १ ख८६२५ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा चालकको सिटमुनि दुई वटा प्लाष्टिकको डिब्बा भित्र राखिएको चाँदीका गहना फेला परेका थिए ।
प्रहरीका अनुसार थारुबाट ब्रासलेट १.२५८ किलोग्राम, ठुलो प्रकारको ब्रासलेट ०.८३० किलोग्राम, सिक्री ४.२८६ किलोग्राम र मसिनो सिक्री ५.३०६ किलोग्राम बरामद गरिएको छ ।
तयारी गहनासहित पक्राउ परेका बसचालक थारुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।












