आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट । 

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले प्रदेश एक, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशको  केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *