नेकपा एमालेको सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट । 

नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्दैछ । बैठक बिहान ९ बजे पार्टी मुख्यालय ललितपुरमा बस्नेछ ।

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि शनिबारको बैठकले ठोस निर्णय दिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ