बागमती प्रदेश सरकारबाट पनि बाहिरियो राप्रपा

Thankot Times

थानकोट । 

बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार बेलुकी ८ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन्।

पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिएको उनले बताए।

मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन्।

केन्द्रमा पनि शनिबार राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए।

राष्ट्रपति निर्वाचनको उम्मेदवार मनोनयनका बेला नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट हट्ने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *