फागुन २५ सम्म सरकारबाट नबाहिरिने नेकपा एमालेको निर्णय

Thankot Times

थानकोट ।

नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।’

अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभई राष्ट्रपतिको मात्रै विषय भएकाले पार्टीले २५ गतेसम्म पर्खने निर्णय गरेको उनको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ