क्रिकेट: लिग-२ मा नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै, यू-१९ मा हङकङसँगको खेल पनि आजै

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्दैछ ।

विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्यु गिनी (पीएनजी) सम्मिलित शृङ्खला आजदेखि यूएईमा सुरु हुँदैछ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ । त्यही लय कायम राख्दै सुखद नतिजा ल्याउने विश्वकपमा नेपाली टिम छ ।

नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो । यो शृङ्खलामा पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो ।

यू-१९ विश्वकप छनोटमा नेपालले आज हङकङसँग खेल्ने
यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ ।

आजै यूएई र कुवेत तथा सिंगापु र मलेसियाबीच खेल हुनेछ ।

नेपाल र यूएई लगातार दुई खेल जित्दै अंकतालिकामा अगाडि छन् । रनरेटको आधारमा यूएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *