नेकपा एमालेको सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट । 

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएकोदेखि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । 

नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ