मध्यरातमा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु, मृतकको सनाखत हुन बाँकी
थानकोट ।
कोटेश्वरमा सवारीसाधनको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
गए राति करिब पौने १२ बजे नम्बर पहिचान नभएको सवारीसाधनले अन्दाजी ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा राति सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनापश्चात् सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।













