चाैथो थानकोट गोल्डकपः पहिलो सेमीफाइनलमा वीआर ब्रदर्श ए र विष्णुदेवी यूथ क्लब भिड्दै

Thankot Times

थानकोट । 

चाैथो थानकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनलमा आज हुँदैछ । 

फाइनल प्रवेशका लागि चन्द्रागिरि नगरपालिका-०३ थानकोट पिम्फलीस्थित गलबन फुटबल मैदानमा दिउँसो १ बजे साबिक च्याम्पियन  वीआर ब्रदर्श क्लबको ए टिम र विष्णुदेवी यूथ क्लब भिड्दैछन् । 

क्वाटरफाइनलमा थानकोट फुटबल क्लबमाथि २-१ को जित निकाल्दै वीआर ब्रदर्श क्लबको ए टिम प्रतियोगिताको सेमीफाइनलमा स्थान बनाउन सफल भएको थियो । यसैगरी गणेशमानसिंह स्मृति फुटसल क्लबको चुनाैती पन्छाउँदै विष्णुदेवी यूथ क्लबले वीआर ब्रदर्श क्लबको ए टिमसँगको भेट पक्का गरेको थियो । 

प्रतियोगिताको दोश्रो सेमीफाइनल खेल भोलि हुनेछ जुन खेलमा कुर्दन एकेडेमी ए टिम र वीआर ब्रदर्श क्लबको बी टिमबीच खेल हुनेछ ।

चाैथो थानकोट गोल्डकपका विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले  जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् ।

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *