गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ) मा फाल्गुन १८ गतेबाट साना सवारीको चाप थप बढ्ने

Thankot Times

थानकोट ।

फागुन १८ देखि चैत १० गतेसम्म कान्ति लोकपथ पूर्ण रूपमा बन्द हुने भएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले २३ दिनका लागि कान्ति लोकपथ बन्द गर्ने निर्णय गरेको हो। हेटौँडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग पूर्ण रूपमा बन्द हुने भएसँगै गणेशमान सिंह मार्ग थानकोट-चित्लाङ सडकमा साना सवारीसाधनको चाप थप बढ्ने भएको छ ।

प्रजिअ पाण्डेले मर्मत सम्भारका लागि कान्ति लोकपथमा दुईतर्फी आवागमन बन्द गर्ने निर्णय गरेको जानकारी दिए। कान्ति लोकपथ बन्द भएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्गसमेत निर्धारण गरिएको छ।

उनका अनुसार हेटौँडाबाट काठमाडौं आउने साना सवारीसाधनलाई हेटौँडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रुट हुँदै एकतर्फी सञ्चालन गर्ने र काठमाडौंबाट हेटौँडा जाने सवारीसाधन थानकोट-चित्लाङ-मार्खु (कुलेखानी)-भीमफेदी हुँदै एकतर्फी सञ्चालन गर्ने निर्णय भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *