झुन्डिएको अवस्थामा भेटिए २३ वर्षीय मिसन

Thankot Times

थानकोट ।

काठमाडौंमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन् ।

टोखा नगरपालिका-८, इन्द्रायणी पुलस्थित घरमा डेरा गरी बस्ने २३ वर्षीय मिसन राई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग गोंगबुका अनुसार हिजो राति करिब ९ बजे उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरी प्रभागले जनाएको छ ।

मिसनको स्थायी ठेगाना खोटाङको जन्तेढुंगा रहेको खुलेको प्रभागका सहायक हवल्दार भेषबहादुर सुनारले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *