बिजनेस क्लासका यात्रुलाई खानका लागि जम्मा एउटा केरा !
थानकोट ।
जापानको एक एयरलाइन कम्पनीको विमानको बिजनेस क्लासमा बसेका एक यात्रीलाई कर्मचारीहरूले जम्मा एउटा केरा खान दिएका छन् ।
क्रिस चारी नामक ती व्यक्तिलाई सात घन्टाको यात्रामा एउटा केरा र चपस्टिक दिइएको थियो ।
उनले शुद्ध शाकाहारी भेगन खानेकुरा मगाएका थिए ।
यस विषयमा चारीले फ्लायरटक फोरममा बताएका छन्, ‘विमान उड्नुअघि कर्मचारीले म सँग भेगन खानेकुरा अर्डर गरेको कुरा सुनिश्चित गरेकी थिइन् । मैले ब्रेकफास्टमा केरा खाने गरेको छु भनेको थिएँ । उनले म केरा मात्र खान्छु भन्ने बुझिछन् । त्यो केरासँग चपस्टिक दिए उनीहरूले ।’
भेगनको वैकल्पिक खानेकुरामा टुना माछा, मोरक्को शैलीको भन्टा सलाद, दुई किसिमका चीज, सुन्तला र ब्यागेट थिए ।
चारीले एउटा केराको भरमा यात्रा पूरा गर्नुपरेको थियो ।













