चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा भाग लिन १८ वटा राजनीतिक दल दर्ता
थानकोट ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन १८ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
आयोगमा ११६ वटा दल दर्ता भएकामा उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि ती दलहरूले दल दर्ता गराएका हुन् ।
२०८० साल बैशाख १० गते सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।
उक्त उपनिर्वाचनमा भाग लिन नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाललगायत १८ दल दर्ता भएका हुन् ।
उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि पुनः निर्वाचन हुन लागेको हो ।













