१६ मन्त्रालयकाे जिम्मेवारी स‌म्हाल्दै प्रधानमन्त्री दाहाल

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सरकारबाट बाहिरिएपछि १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाने भएका छन्। 

एमाले नेताहरू विष्णु पौडेल, ज्वालाकुमारी साह, विमला राई पौड्याल, दामोदर भण्डारी, भगवती चौधरी, पदम गिरी, राजेन्द्रकुमार राई, हरि उप्रेतीले सोमबार प्रधानमन्त्रीलाई राजीनामा दिएका थिए। 

यसअघि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले सरकार छाडेपछि उनीहरूले सम्हालेको मन्त्रालय पनि प्रधानमन्त्रीले आफैँसँग राखेका थिए। हाल मन्त्रिपरिषदमा नेकपा माअ‍ोवादी केन्द्र र जनमत पार्टीका नेता अब्दुल खान मात्र छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *