आईसीसी यू-१९मा आज नेपाल र यूएई भिड्दै, जित निकाल्न सके नेपाल ८ वर्षपछि विश्वकपमा

Thankot Times

थानकोट ।

आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल आजमानस्थित इर्डेन गार्डेन ओभलम बिहान पौने ११ बजेबाट सुरु हुनेछ ।

नेपालले आजको खेलमा घरेलु टालीलाई पराजित गरे सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्नेछ । हारले नेपालको विश्वकप यात्रा अधुरै रहनेछ । बलिङ र ब्याटिङ दुवैमा सानदार प्रदर्शन गरिरहेको नेपाली टोली उच्च मनोबलमा छ ।

छनोटमा नेपाल र युएई मात्र अपराजित टोली हुन् । तर नेटरनरेटका आधारमा युएई शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।

उता युएईले भने मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई समान ८ विकेटले हराएको थियो ।
नेपाल आजको खेलमा युएईलाई हराउँदै सन् २०१९ मा भोगेको हारको बदला लिने योजनामा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *