नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टाे एनेस नियुक्त
थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टाे एनेस नियुक्त गरेको छ ।
बुधबार एन्फाको कार्यसमितिको बैठकले अल्बर्टोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
अब्दुल्लाह अलमुताइरीले भदौमा राजीनामा दिएपछि नेपाली राष्ट्रिय फुटबल टिम मुख्य प्रशिक्षकविहीन बनेको थियो ।
विवादसँगै कार्यसमितिका ११ जना सदस्यले बैठक छाडे पनि एन्फाले बैठकलाई निरन्तरता दिएको थियो ।













