ताप्लेजुङमा ४.२ म्याग्नेच्युडको भूकम्प
थानकोट ।
ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको छ ।
बुधबार साँझ ५ः४२ बजे ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको हो ।
“ताप्लेजुङ केन्द्र बनाएर बुधबार ४ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् भरत कोइरालाले भने, “यो नयाँ भूकम्प हो, परकम्प होइन ।”
यसअघि फागुन १६ गते इलाम केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि फागुन १० गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । फागुन १ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।













