‘चन्द्रागिरि डान्स स्टार’ को आयोजना मिति चैत्र ४ गतेका लागि सारियो
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र लुकेर रहेका प्रतिभाको पहिचान गरि व्यक्ति र व्यक्तित्वको पहिचान गराउने उद्देश्यले तय भएको एकल नृत्य प्रतियोगिता ‘चन्द्रागिरि डान्स स्टार’ आयोजनाको मिति सरेको छ ।
फाल्गुन तेश्रो साताका लागि तय भएको प्रतियोगिता चैत्र ४ गतेका लागि तय भएको बताइएको छ ।
राइजिङ्ग स्टार कल्चर ग्रुपको आयोजनामा हुने प्रतियोगितामा चन्द्रागिरि नगरपालिका क्षेत्रमा बसोबास गर्ने प्रतिभाहरूले सहभागिता जनाउन पाउने आयोजक संस्थाले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका-७ स्थित ग्रीनल्याण्ड ब्याङ्क्वेटमा सहभागीहरूबीच प्रतिस्पर्धा गराई विजेता चयन हुने बताइएको छ ।
विजेताले ट्रफी, मेडल तथा नगद पुरस्कार पाउनेछन् ।
राइजिङ्ग स्टार कल्चर ग्रुपले विगतदेखी नै संस्कृति जगेर्नासम्बन्धी विविध सृजनात्मक एवं रचनात्मक कार्यहरू गर्दै आएको छ ।












