काठमाडौ शिक्षा बहुमुखी क्याम्पसको नेविसंघ ईकाई अध्यक्षमा सुमन थापा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० सतुंगलस्थित काठमाडौ शिक्षा बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको इकाई गठन भएको छ ।

बिहीबार नेपाली कांग्रेसका क्षेत्रीय सभापतिको जयकृष्ण महर्जनको उपस्थितिमा नेपाल विद्यार्थी संघको इकाई गठन भएको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा चैत ५ गते स्ववियु निर्वाचन तय भइसकेको छ । जसअनुसार त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको लागि शुक्रबार संघ/संगठन/समूह दर्ता गर्ने कार्यक्रम छ ।

काठमाडौ शिक्षा बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको इकाई गठनका क्रममा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *