यू-१९ विश्वकपका लागि छनाैट भएका क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई एक-एक लाख रुपैयाँ

Thankot Times

थानकोट ।

पराजयको नजिक पुगेर अविश्वसनीय जित हात पारेको नेपाली किशोर क्रिकेट टोलीका सदस्यहरूले सरकारबाट जनही १-१ लाख रूपैयाँ पुरस्कार पाउने भएका छन् ।

युएईमा सम्पन्न यू-१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत घरेलु टोली विरूद्ध दीपेश कंडेलले सनसनीपूर्ण ह्याट्रिक गरेपछि नेपालले युएईलाई ७ रनले पराजित गर्दै नेपालले श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएपछि क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले यस्ताे घाेषणा गरेकाे हाे ।

१९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रनमा समेटिएपछि नेपालले महत्वपूर्ण जित निकालेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *