सुन तथा चाँदीको भाउ घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख २ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २:हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ६५ रूपैयाँ कायम भएको छ।

अघिल्लो दिन पनि चाँदीको भाउ प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ