आजबाट ‘ए’ डिभिजन लिग सुरू हुँदै, उद्घाटन खेलमा विद्यार्थीलाई प्रवेश निःशुल्क

Thankot Times

थानकोट।

अखिल नेपाल फुटबल संघको आयोजनामा आजदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीलाई निःशुल्क प्रवेश दिइने भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नवप्रवेशी खुमालटार एफसी र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

‘‘नेपाली फुटबलको विकासको लागि लिग मेरुदण्ड रहेको छ ।  हरेक खेल सर्वसाधारणको पहुँचमा रहनुपर्छ । एमडीएसी स्पोर्ट्स र टिकेटिङ पार्टनर ईसेवाले सहकार्य गर्दै उद्घाटन खेलमा विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौँ,’’ एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले भने, ‘‘हरेक स्कुल र कलेजका विद्यार्थीहरूले परिचयपत्र देखाएर साधारण प्यारापिटतर्फ निःशुल्क प्रवेश गर्न सक्नेछन् ।’’

उद्घाटन खेल बेलुका ५ः३० बजे सुरु हुनेछ ।

लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गर्ने कार्यक्रम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *