भोलि फाल्गुन २० गते कालिमाटी तरकारी बजारमा कारोबार बन्द हुने

Thankot Times

थानकोट ।
भोलि फाल्गुन २० गते कालीमाटी तरकारी बजारमा कारोबार बन्द हुने भएको छ ।

तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाका अनुसार २०६८ साल फाल्गुन २० गते कालिमाटी तरकारी बजारमा आगलागी भई जलेर ६ जनाको मृत्यु भएको तथा करोडाैं मूल्य बराबरको भाैतिक वस्तुको क्षति भएको सम्झनामा कारोबार बन्द हुने बताइएको छ ।

बजारको बहुउद्देश्यीय भवनमा लागेको आगलागीमा परी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुरक्षाकर्मी हीराबहादुर पुन, उनका तीन छोराछोरी, धादिङका पुजन मिजार र बाराका ओमप्रकाश जैसवालको मृत्यु भएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ