चाैथो थानकोट गोल्डकपको फाइनलमा आज वीआर ब्रदर्श र कुर्दन एकेडेमीका ए टिम भिड्दै

Thankot Times

थानकोट ।

चाैथो थानकोट गोल्डकपको फाइनल खेल आज हुँदैछ । 

चन्द्रागिरि नगरपालिका-०३ थानकोटमा फाल्गुन ६ गतेबाट सुरू भएको चाैथो संस्करणको थानकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि वीआर ब्रदर्शको ए टिम र कुर्दन एकेडेमी ए टिम बीच दिउँसो १ बजे खेल हुनेछ कार्यक्रम छ । फाइनलमा साबिकको विजेता वीआर ब्रदर्श फुटबल क्लबको ए  टिम तथा कुर्दन एकेडेमीको ए टिम बीच खेल हुनेछ । 

वीआर ब्रदर्श फुटबल क्लबको बी टिममाथि ५-१ को एकपक्षीय जित निकाल्दै कुर्दन उपाधिनजिक पुगेको हो भने विष्णुदेवी यूथ क्लबमाथि २-० को सहज जित निकाल्दै वीआर ब्रदर्श फुटबल क्लबको ए टिमले फाइनलमा स्थान सुरक्षित गरेको थियो । 

स्थानीय गलबन फुटबल मैदानमा हुने फाइनल खेलको विजेताले नगद १ लाख रूपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उपविजेता टोलीले ६० हजार रूपैयाँ नगद पुरस्कारको साथमा ट्रफी र मेडल हात पार्नेछन् ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फका विजेताहरूले जनही पाँच हजार रूपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल काैशल प्रदर्शन गर्ने खेलाडीहरूले  जनही ५ हजार रूपैयाँ नगद, ट्रफी र मेडल पाउनेछन् ।

यसैगरी प्रतियोगिताको अनुशासित खेलाडीले वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीबाट नगद २० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *