यसकारण आज कालिमाटी तरकारी बजारमा कारोबार बन्द
थानकोट ।
आज कालीमाटी तरकारी बजारमा कारोबार बन्द गरिएको छ ।
तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाका अनुसार २०६८ साल फाल्गुन २० गते कालिमाटी तरकारी बजारमा आगलागी भई जलेर ६ जनाको मृत्यु भएको तथा करोडाैं मूल्य बराबरको भाैतिक वस्तुको क्षति भएको सम्झनामा कारोबार बन्द गरिएको बताइएको छ ।
बजारको बहुउद्देश्यीय भवनमा लागेको आगलागीमा परी कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुरक्षाकर्मी हीराबहादुर पुन, उनका तीन छोराछोरी, धादिङका पुजन मिजार र बाराका ओमप्रकाश जैसवालको मृत्यु भएको थियो ।













