चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरू

Thankot Times

थानकोट । 

नेकपा एमालेले फागुन ५ गतेदेखि सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार ‘मिसन ग्रासरुट’ अभियान चन्द्रागिरि नगरपालिकामा शुक्रबारदेखि भएको छ ।

एमालेको चन्द्रागिरि नगर कमिटिले उपाध्यक्ष सुरेन्द्र पाण्डे उपस्थितिमा आठौं पूर्ण बैठक तथा मिसन ग्रासरुट अभियान कार्यक्रम सुरू गरेको हो ।  

बैठकले ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूको कार्ययोजना तयार पारेको बताइएको छ ।

‘मिसन ग्रासरुट’ अभियान अन्तर्गतको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य नवीना लामासहित प्रदेश कमिटी र जिल्ला कमिटी, नगर तथा विभिन्न संगठनहरूमा आवद्ध नेताहरूको सहभागिता थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ