मुग्लिन-नारायणगढ सडकखण्ड आइतबारबाट नियमित सञ्चालन हुने

Thankot Times

थानकोट । 

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चारघण्टा बाटो अबरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्ड आइतवारदेखि नियमित आवतजावत हुने भएको हो । मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यकाअनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतवारदेखि नियमिति रुपमा सडक सञ्चालन गरिन लागेको हो ।

उनका अनुसार पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भएको उनले जानकारी दिए । ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्छ तर सवारी आवात जावतमा अब समस्य छैन्’ उनले  भने ।

गत पुस ५ गतेदेखि  बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुदैँ आएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *