सुन तथा चाँदीको भाउमा सामान्य बढोत्तरी
थानकोट ।
कारोबार हुन साताको पहिलो दिन आज नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख २ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७५ रूपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।













