करिब २६ करोड रूपैयाँ लागतमा निर्माण हुने चन्द्रागिरि आधारभूत अस्पतालको टेण्डर खुल्यो
थानकोट ।
१५ शैय्याको चन्द्रागिरि आधारभूत अस्पताल निर्माणका लागि टेण्डर खुलेको छ ।
आइतबार प्रकाशित सूचना अनुसार चैत्र २२ गतेभित्र योग्यता पुगेका इच्छुक निर्माणकर्ताले टेण्डर पेश गर्न सक्ने जनाइएको छ ।
चन्द्रागिरि नगरपालिका ४ थानकोटस्थित हाल प्राथमिक अस्पताल सञ्चालन भइरहेको स्थान नजिकै नयाँ अस्पताल भवन निर्माणका लागि मन्त्रीपरिषद्को फाल्गुन ४ गतेको बैठकले २३ रोपनाी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
नगरप्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार करिब २६ करोड रूपैयाँ लागतमा अस्पताल निर्माण हुनेछ ।
अस्पताल निर्माण सम्बन्धी टेण्डर सूचना हेर्नुहोस्ः













