भालेश्वर डाँडामा फागु खेल्दै सेल्फी खिच्न स्वदेशी तथा विदेशीहरूको घुइँचो

Thankot Times

थानकोट ।

रङहरूको पर्व फागु पहाडी जिल्लाहरूमा आज धुमधामका साथ मनाइँदैछ ।

फागु पर्वका अवसरमा चन्द्रागिरि नगरपालिका-४ भालेश्वरस्थित महादेव मन्दिरमा पूजा अर्जना गर्नेहरूको भीडले चन्द्रागिरि डाँडा खचाखच छ ।

बालबालिका, युवायुवती, पाैढ, वृद्धवृद्धा लगायत स्वदेशी र विदेशी नागरिकहरूको चहल पहल चन्द्रागिरि डाँडामा हेर्नलायक देखिन्थ्यो । जहाँ विभिन्न गुठीहरूले पूजा अर्चनापछि प्रसाद ग्रहण गरि फागु पूर्णिमा मनाइरहेका छन् ।

फागु मनाउन प्रदेश सभा सदस्य रमा आलेमगर, यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत हजाराैं स्थानीयबासीहरू चन्द्रागिरिस्थित भालेश्वर डाँडामा भेला भएका छन् ।

बाजागाजा र झाँकी साथ भालेश्वर डाँडामा पुगेका चन्द्रागिरि वडा नं. ३, ४, ६, ७ र ८ का स्थानीयहरूले एक आपसमा अविर तथा अन्य रङहरू लगाउँदै फागु मनाएको दृश्य कैद गर्न विदेशी पर्यटकहरू समेत चन्द्रागिरि डाँडामा पुगेका छन् ।

चन्द्रागिरी पर्वत शृंखलाअन्तर्गत अवस्थित भालेश्वर मन्दिरमा थाहा नगरपालिका ९ फाखेल, इन्द्रसरोवर नगरपालिका ९ र चन्द्रागिरि नगरपालिका ३,४,६, ७ र ८ का बासिन्दाले आफ्नो परम्परा, रितिरिवाज अनुसार परापूर्वकालदेखि पूजा गर्ने गरेका छन्। चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पूजा अर्चनाका लागि जाने श्रद्धालुहरूका लागि चन्द्रागिरि केवलकारले बिहान ९ बजेसम्म सहजीकरण गरेको चन्द्रागिरि ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

   


Leave a Reply

Your email address will not be published. Required fields are marked *