आईसीसी विश्वकप लिग टूः नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

Thankot Times

थानकोट । 

आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।

दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाएर २२९ रन बनायो ।

४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका भीम सार्कीले अर्धशतक पूरा गरे । उनी ९९ बलमा ७० रन बनाउँदै आउट भए ।

२०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *