कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा ४२ वर्षीय मधुकरको ज्यान गयो

Thankot Times

थानकोट ।

 कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरमा प्रदेश ३-०२-००९प ७००६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा गए राति मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य एक महिलाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ