नाेहक गुफामा बस्याे बेनिघाट राेराङ गाउँपालिकाकाे बैठक

Thankot Times

थानकोट ।

एसियाकै ठूलाे भनी दाबी गरिएकाे धादिङकाे नाेहक गुफामा बेनिघाट राेराङ गाउँपालिकाकाे बैठक बसेकाे छ ।

गुफाकाे प्रचारप्रसार गर्ने उद्देश्यले हिजाे गाउँपालिकाले कार्यपालिकाकाे बैठक राखेकाे हाे । गाउँपालिकाले धादिङसँगै काठमाडाैंबाट समेत पत्रकारहरूलाई गुफा घुमाउन लगेको छ ।

पृथ्वीराजमार्ग चरौदीबाट कच्ची मोटर बाटो १५ किलोमिटर हिँडेपछि बिदाङहुँदै गोठी भन्ज्याङ पुग्न सकिन्छ भने गोठी भन्ज्याङबाट अझै ३ घण्टा हिँडेपछि दुङवाङहुँदै नोहक गुफा पुग्न सकिने बेनिघाट राेराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले जानकारी दिए ।

उनका अनुसार गुफाभित्र ४ घण्टासम्म घुम्न सकिने ठाउँहरू छन् । गुफाभित्र ढुङ्गाको मूर्तिहरू पनि छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ