थप एक हजार रूपैयाँले सस्तियो सुन

Thankot Times

थानकोट ।

नेपाली सुन बजारमा बुधबार छापावाला सुन प्रतितोला एक हजार रूपैयाँले घटेको छ।

मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको सुन बधबार एक लाख एक हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले घटेको छ।

मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलर छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ