चन्द्रागिरि नगरपालिकामा विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइयो

Thankot Times

थानकोट ।

११३औँ अन्तरार्ष्ट्रिय नारी दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।

महिला हक अधिकारका विषयमा बहस र पैरवीसँगै जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी चन्द्रागिरि नगरपालिकामा पनि यो दिवस मनाइएको छ ।

११३औँ अन्तरार्ष्ट्रिय नारी दिवस आज चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाहरूमा विविध कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइएको  बताइएको छ ।

११३औँ अन्तरार्ष्ट्रिय नारी दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाले विभिन्न संघसंस्थाहरूबीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा नगर उप-प्रमुख बसन्ती श्रेष्ठ, नगरको सामाजिक विकास शाखा संयोजक एवं वडाध्यक्ष घनश्याम लुँइटेल लगायतको उपस्थिति रहेको चन्द्रागिरि नगरपालिका उप-प्रमुखको सचिवालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *