मौसम पूर्वानुमान : पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

Thankot Times

थानकोट । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागका एक दुई स्थानमा   चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।  

राति भने  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका  उच्च  पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहनुका साथै देशको उच्च  पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ