साँखुमा दुर्घटना, दुईजना मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट । 

काठमाडौंको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शंखरापुर नगरपालिका–९ स्थित इन्द्रेणी चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा शंखरापुर नगरपालिका–७ बस्ने ५० वर्षीय पवनलाल श्रेष्ठ र शंखरापुर–९ घर भएका २१ वर्षीय अनिश खड्का छन् । श्रेष्ठ बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा थलीबाट साँखुतर्फ जाँदै थिए ।

अनिश खड्का बा.८२ प ८३५७ नम्बरको मोटरसाइकलमा थलीतर्फ आउँदै थिए ।

अनिशभन्दा पछाडिबाट आउँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ । टिप्पर चालक फरार छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ