काठमाण्डाै जिल्लास्तरीय रनिङ्ग शिल्डः चन्द्रागिरिका हस्त सुनार र डोल्मा तामाङलाई स्वर्ण पदक

Thankot Times

थानकोट । 

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको १२औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको ३ हजार मिटर दौडको छात्रमा चन्द्रागिरि नगरपालिकाका हस्त सुनारले स्वर्णपदक जितेका छन् । सो विधाको छात्रातर्फ काठमाडौं महानगरपालिकाकी आयुष्मा आचार्यले स्वर्ण जितेकी छिन । ८ सय मिटर दौडको छात्रमा बूढानीलकण्ठ नगरपालिकाका पवनराज वाइबा र छात्रामा चन्द्रागिरिकी डोल्मा तामाङ पहिलो भएका छन्  ।

कीर्तिपुर नगरपालिकाका अभी डाँगी र तार्केश्वर नगरपालिकाकी रिकम भुषाल १०० मिटर दौडमा बुधबार पहिलो भएका छन् ।

अभी छात्र तथा रिकम छात्रामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको त्रिपलजम्पको छात्रमा कीर्तिपुरका अशोकबहादुर बुढा र छात्रामा बूढानलीकण्ठकी एन्जल गुप्ता तथा सटपुटको छात्रमा गोकर्णेश्वर नगरपालिकाका मनोज श्रेष्ठ र छात्रा तार्केश्वरकी रानी मेहराले स्वर्ण जिते ।

 प्रतियोगिता गत मंगलबारदेखि सुरु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *