मेयर बालेन र एमाले नेता महेश बस्नेतबीच भेटवार्ता

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतबीच भेटवार्ता भएको छ । बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित बस्नेतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

बस्नेतलाई भेट्न मेयर बालेन गुण्डु पुगेका हुन् । निर्वाचनको समयमा राजनीतिक प्रतिस्पर्धा भए पनि विकास र समृद्धिका विषयमा सहयोग र समन्वय गर्नेबारे उनीहरूबीच छलफल भएको बताइएको छ ।

यस्तै, मेयर बालेनले पुनर्निर्माण गरिएको अनन्तलिंगेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायत स्थानको अवलोकन समेत गरेका थिए ।

उनीहरूबीच वर्तमान राजनीति, स्मार्ट सिटीलगायत १५ विषयमा छलफल भएको जनाइएको छ ।

बालेनले महानगरभित्रका अवैध संरचना भत्काउने अभियान चलाएको बेला बस्नेतले विरोध जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ