एक दिवसीय क्रिकेटमा नेपालले बनायो हालसम्म कै उच्च स्कोर, पिएनजी सामु २९७ रनको चुनाैती

Thankot Times

थानकोट ।

नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म कै उच्च स्कोर बनाएको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पीएनजीसँगको खेलमा नेपालले २९७ रन बनाउदै एक दिवसीयमा हालसम्म कै उच्च स्कोर बनाएको हो । यस अघि नेपालको उच्च स्कोर २८७ रन थियो । जुन गत फागुन २ गते किर्तिपुर मैदान मै नामिबिया विरुद्द आएको थियो   ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ४९.१ ओभरमा अल आउट हुँदै २९७ रन बनाएको हो । नेपालको लागि आशिफ शेखले सर्वाधिक ११० रन बनाए। उनले ११० बलमा ११० रन बनाएका हुन् । त्यस्तै कुशल भुर्तेलले ४५ रन , रोहित पौडेलले ३० रन तथा भिम सार्कीले ४४ रन बनाए । यस सँगै पीएनजीले जितको लागि २९८ को लक्ष्य पाएको छ  ।

यो विश्वकप लिग–२ को अन्तिम सिरिज हो । यो सिरिजमा नेपाल, पीएनजी र युएई सहभागी छन् । ३ वटै देशले बाँकि २ देशसँग २-२ खेल गरि एक टिमले कुल ४  खेल खेल्ने छ । नेपालले पनि यस सिरिजमा पीएनजीसँग २ र युएईसँग २ गरि कुल ४ खेल खेल्ने छ ।

नेपालले सिधै विश्वकप छनौट खेल्ने सम्भावना कायम नै राखेकोले नेपालको लागि यो सिरिज महत्वपूर्ण छ। सिधै विश्वकप छनौट खेल्नको लागि नेपालले यी ४ वटै खेल जित्नु पर्ने हुन्छ । पीएनजी र युएईको भने सिधै विश्वकप छनौट खेल्ने सम्भावना सकिएको छ। नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाउनको लागि ४ मध्ये २ खेल जित्नै पर्छ ।

हाल नेपाल अंक तालिकामा ३२ अंक सहित ५ औ स्थानमा छ  । नेपालले यी ४ वटै खेल जित्न सकेमा नेपाल ४० अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लेर सिधै विश्वकप छनौट खेल्न सक्ने छ । नेपालले सिधै विश्वकप छनौट खेल्ने सम्भावना कायम राख्नको लागि नेपालमा हुने सबै ४ खेल जित्नु पर्ने छ  । वर्षाको कारण कुनै खेलमा अंक बाड्नु परेमा भने नेपाल तेस्रो स्थानमा उक्लन सक्दैन किन भने हाल तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक रहेको छ  । ३ खेल जितेर कुनै १ खेलमा वर्षाको कारण अंक बाड्नु परेमा नेपालको पनि ३९ अंक हुने छ  । र नेपालको भन्दा नामिबियाको रन रेट राम्रो भएकोले नामिबिया नै तेस्रो स्थानमा रहेको छ  । त्यस कारण नेपाललाई ५० ओभरको विश्वकप छनौट खेल्नको लागि आफ्नो अन्तिम ४ खेल जित्नै पर्ने हुन्छ  ।

यदि शिर्ष ३ मा पर्न सकेन भने पनि नेपालले विश्वकप छनौट खेल्न सक्छ  । तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ।

विश्वकप छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ