रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज भइरहेको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने भएको छ ।

पार्टीले कांग्रेस उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको एक नेताले बताए। आधाभन्दा बढी मतदान भइसकेका बेला रास्वपाले ढिला गरी निर्णय गरेको हो ।

नयाँ बानेश्वरस्थित अन्तरार्ष्ट्रिय सम्मेलन केन्द्रमा देशको तेश्रो राष्ट्रपति चयनका लागि बिहान १० बजेबाट मतदान जारी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *