मातातीर्थ-चखेल-घट्टेखोला सडक फाल्गुन २६ गतेबाट १० दिनका लागि बन्द हुने

Thankot Times

थानकोट ।
मातातीर्थबाट चखेल हुँदै मकवानपुर जोड्ने सडक मार्ग भोलि (फाल्गुन २६) बाट १० दिनका लागि बन्द हुने भएको छ ।

सो सडक अन्तर्गत घट्टेखोला चखेल खण्ड र चखेल मातातीर्थ खण्ड दुवै सडकमा निर्माण कार्य सञ्चालनमा रहेको हुँदा सो सडक फाल्गुन २६ गतेबाट चैत्र ६ गतेसम्मका लागि पूर्णरूपमा बन्द हुने जनाइएको छ ।

स्थानीयहरूका लागि भने बिहान ७ बजेसम्म र साँझ ६ बजेपछि यातायात सञ्चालनको अनुमति दिइने इन्द्रसरोवर गाउँपालिका ५ डाैठेखोलाका वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ