नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिमा पूजा गर्ने, सुन्दरीजलमा बीपीको शालिकमा माल्यार्पण गर्ने

Thankot Times

थानकोट ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् ।

उनी शुक्रबार बिहान ९ बजे पशुपति जाने कार्यक्रम छ । त्यहाँ उनले पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने छन् ।

राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ ।

पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *