सुनको भाउ बढ्दा चाँदीको स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको स्थिर बसेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ स्थिर बस्दा प्रतितोला १२ सय २० रूपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय २० रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ