घण्टाघर नजिक मोटरसाइकल दुर्घटनाः चालकको मृत्यु, नैकापका पैदलयात्री महर्जन घाइते

Thankot Times

थानकोट । 

काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका-११ घर भई हाल काठमाडाैँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

घाईते भएका पैदलयात्रु काठमाडौँको नैकाप बस्ने ५८ वर्षीय अशोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ ।

शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ