नशामा लट्ठिएर गलत हर्कत गर्ने प्रहरी जवान निलम्बित

Thankot Times

थानकोट ।

शुक्रबार सप्तरीको राजविराजदेखि भारतीय सीमासम्म जोडने कुनौली सडकमा एक प्रहरी जवान नशामा लट्ठिएर गलत हर्कत देखाएको भिडियो सार्वजनिक भयो।

भिडियोमा देखाइएका व्यक्ति प्रहरी जवान सञ्जीव कुमार राय यादव हुन्। उनी सीमा क्षेत्रमा गस्तीमा खटिएका थिए। कसिलो ज्यान भएका यादव प्राय नशामै रहने गरेको एक स्थानीय बताउँछन्।

आधा शरीर मात्रै ढाक्ने कपडा लगाएर हातमा लौरो लिएर ‘आईज ए कस्ले रेकर्ड गर्न खोजेको एसके यादव हो मेरो नाम ल ’ भन्दै उनी त्यहाँको वातावरण अशान्त बनाउँदै हिँडिरहेको देखिन्छ।

प्रहरीको काम शान्ति सुरक्षा र अमनचयन कायम गर्नु मुख्य कर्तव्य हो। तर, यादवले नाशामा चुर भएर प्रहरीको मर्यादा विपरीत शान्तिपूर्ण वातावरण खलबलाउँदै गरेको देखिन्छ।

यसबारे सप्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीसँग बुझ्दा उनले प्रहरी जवान यादवलाई निलम्बन गरिएको जानकारी दिए। उनले भने,‘ प्रहरीको नियमावलीविपरित हर्कत गरेका जवान यादवलाई निलम्बन गरिएको छ। उनलाई विभागीय कारबाही हुन्छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ