नेपाली कांग्रेसको चन्द्रागिरि नगरसभा चैत्र महिनाभित्र

Thankot Times

थानकोट । 

नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्य समितिको पूर्ण बैठक शनिबार बसेको छ । 

वडा कार्य समितिका सभापतिहरू, विभागीय प्रमुखहरू, नगर सदस्यहरूसहित बसेको बैठकमा विविध समसामयिक विषयमा निर्णय भएको बताइएको छ ।

बैठकले चैत्र महिनाभित्र पार्टीको नगर सभा बस्ने निर्णय गरेको नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्यसमिति सचिव नविन महर्जनले जानकारी दिनुभयो । साथै बैठकले नगर कार्यसमितिका पदाधिकारीहरूसँग मासिक लेबी उठाउने समेत निर्णय गरेको सचिव महर्जनले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस चन्द्रागिरि नगर उपसभापति राजेन्द्र विक्रम बानियाँको सभापतित्वमा बसेको सो बैठकले हरेक महिनाको अन्तिम शनिबार बैठक बस्ने निर्णय गरेको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *