बिदाको दिन चलाएको नगरपालिकाको गाडी ट्राफिकको नियन्त्रणमा

Thankot Times

थानकोट ।

धनुषा जिल्लास्थित जलेश्वर नगरपालिकाको गाडी ट्राफिक प्रहरी नियन्त्रणमा लिएको छ। बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गर्दै गुडेको जा १ झा ५४५ नम्बरको स्कारपियो गाडी शनिबार ट्राफिकले नियन्त्रणमा लिएको हो ।

पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा ट्राफिक प्रहरीले उक्त गाडी रोकेर जिल्ला प्रशासन कार्यालय कार्यालयको अनुमति पत्र देखाउन भने पछि चालकले सो गाडी भगाएका थिए । सो गाडीलाई पछि चन्द्रनिहापुर चोकको अमन होटल अगाडिबाट नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर विमला कठायतले बताइन् । 

उनका अनुसार गाडीमा रहेका एक व्यक्तिले आफू मेयरको स्वकीय सचिव भएको बताएका थिए । पश्चिम बारातर्फ गइरहेको सो गाडी ट्राफिकले नियन्त्रणमा लिन थालेपछि चालकले पूर्वतर्फ भगाएर चन्द्रनिगाहपुर चोकमा रोकेर चालक र सवार अन्य व्यक्तिहरू फरार भएका थिए। 

बिहान १० बजे गाडी छाडेर भागेको चालक ५ घण्टापछि जिल्ला प्रशासन कार्यालय धनुषाबाट अनुमति लिएर आएको तथा रौतहटका सिडिओ धर्मेन्द्र कुमार मिश्रले सरकारी प्रयोजनको लागि आएको जानकारी दिएपछि अपराह्न ४ बजे छोडिएको इन्स्पेक्टर कठायतले जानकारी दिएकी छिन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ