बाघको पुच्छर छुन खोज्दा गयो ज्यान
थानकोट ।
भारतको मध्य प्रदेशमा रहेको खाडगोनमा एक व्यक्तिले बाघको पुच्छर छुने हुँदा ज्यान गुमाउनुपरेको छ ।
सन्तोष नामक ती कृषकले गाउँमा आइपुगेको बाघको पुच्छरमा लट्ठी हानेका थिए । बाघले कस्तो प्रतिक्रिया जनाउँछ भनी उनले हिर्काएको वन अधिकारीहरूले बताए ।
त्यसपछि बाघले उनको गर्दनको पछिल्लो भागमा झाप्पु हानेर गहिरो घाउ बनाइदियो । सन्तोषलाई अस्पताल लगिएको थियो र उनको मृत्यु त्यहीँ भयो ।
आक्रमण गर्ने बाघ त्यहाँबाट जंगलतर्फ भाग्यो । त्यसलाई पत्ता लगाउन सकिएको छैन् ।
वन विभागले गाउँलेहरूलाई जंगलतर्फ नजान र बाघलाई नचलाउन आग्रह गरेको छ ।
उक्त बाघ महाराष्ट्रको यवाल वन्यजन्तु आरक्षबाट खाडोगनमा रहेको चिडिया वन परिसरमा आइपुगेको वन अधिकृतहरू बताउँछन् ।
बाघ ठूलो शिकार गरेर आराम गरिरहेको बेलामा गाउँलेहरू त्यसलाई सताउन पुगेका थिए । त्यसैक्रममा सन्तोषले बाघको पुच्छरमा लट्ठी हिर्काउँदा बाघले आक्रमण गरेको थियो ।













